काठमाडौँ, २६ फागुन । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् ।
कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका र प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्