काठमाडौँ, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विश्वमा आतंक फैलाइरहेको कोरोना भाइरसको संक्रमण हुन नदिन र भैहाले भरपर्दो स्वास्थ उपचारको तयारी र उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आज ८ बुँदे ध्यानाकर्षण गराएको छ ।
आज राष्ट्रीय युवा संघ नेपालको तर्फबाट माननिय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युलाई नोवल कोरोना भाईरस (Nobel Crona Virus) संक्रमण हुन नदिन र भैहाले भरपर्दो स्वास्थ उपचारको तयारी र उचित व्यवस्था गर्नु हुन isolation center हरु बनाउन र बजारमा हल्लाको भरमा नै कृत्रिम अभावको त्रास भएकोले त्यसलाई गृह र उध्योग बाणीज्य मन्त्रालय मार्फत बिशेष ध्यान पुर्याई नागरीकमा ढुक्क हुने वातावरण बनाउन अनुरोध सहीतको ज्ञापन पत्र बुझाएको छ ।
स्वास्थ्य मन्त्रालयमा कोरना भाइरस सम्बन्धि राष्ट्रिय युवा संघ नेपालले ज्ञापन पत्र दिने कार्यक्रम सम्पन्न । सबै सिमा नाकामा क्वारेन्टाईन स्थापना गर्न माग र नमुना परिक्षण गर्न लाग्ने सबै आवश्यक सामाग्री तैनाथ गर्न मन्त्रालयलाई माग गरेको छ । राज्यलाई आवश्यक परे स्वयंसेवकिय कार्य गर्न जुनसुकै बेला राष्ट्रिय युवा संघ नेपाल तैनाथ रहेको कुरा पनि जानकारि गराईएको छ ।












प्रतिक्रिया दिनुहोस्