काठमाडौँ, ३० फागुन । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान स्थगित गर्ने भएको छ ।
शनिबारदेखि ३० अप्रिलसम्म बुद्धको बनारस उडान स्थगित हुने कम्पनीले जनाएको छ । भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ ।
यस रुटमा टिकट काटिसकेका व्यक्तिले टिकट सार्न वा फिर्ता गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।










प्रतिक्रिया दिनुहोस्