समाचार

लाखौं घुससहित नापीका ५ कर्मचारी पक्राउ



बुटवल, ३० फागुन । जग्गाको कित्ताकाट मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस लिंदै गर्दा अख्तियारको टोलीले भैरहवाबाट नापी कार्यालयका कर्मचारी सहित पाँच जना १७ लाख घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रुपन्देहीस्थित नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याल रहेका छन् ।