भक्तपुर, ४ चैत । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारसिथित राजमार्गमा बा५८प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं. ३-०२-००९ प ०३५९ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमामा मृत्यु भएको र मृतकको सनाखत भैनसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीले स्कुटर चालक मध्यपुर ठिमी नगरपालिका- ८ बोडेकी १८ की इशा ढेकेलाई नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्