काठमाडौँ, ४ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्य्मा अर्यालले भूमि सम्बन्धी सम्पुर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरि सरकारले काम गरिरहेको बताएकी छन् ।
आज राष्ट्रियसभाको बैठकमा भूमिसँग जोडिएर सदनमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले सबै समस्याको एकिकृत समाधान गर्ने गरि आवश्यक ऐन, नीति, नियमावली र आयोग गठनको तयारी भइरहेको बताएकी हुन् ।
उनले भूूमिहिन सुकुम्बासीको समस्या अव्यवस्थित बसोबास, सार्वजनिक र सरकारी जग्गामा देखिएको समस्या लगायतलाई एकिकृत ढंगले सम्बोधन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताइन्
उनले भनिन, ‘इतिहासमा पहिलोपटक भूमि नीति, भू–उपयोग ऐन हामीले ल्याएको हो । पहिलो पटक भूमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कानून हामीले बनायौ । त्यसको साथमा मौलिक हकमा उल्लेख भएको जमिन नभएको दलितहरुलाई आवास निर्माणका लागि जमिन उपलब्ध गराउने कानुन पनि हामीले बनायौ ।’
उनले पटके सुकुम्बासी बन्ने प्रवृत्तिको पनि सरकारले अन्त्य गर्ने दावी गर्दै भनिन, ‘एक ठाउँमा जग्गा प्राप्त गरेको छ । त्यसलाई बेचेर फेरि अर्को ठाउँमा गएर सुकुम्बासी नै बसेको छ । यस्तो पटके सुकुम्बासीको समस्या निरन्तर दोहोरिरहने समस्या पनि हामीले हेर्यौं । पटके सुकुम्बासीको अन्त्य गर्ने गरि कम्पयुटरमा डाटाबेश प्रणालीबाट सबै तथ्याँक राखिने छ ।’










प्रतिक्रिया दिनुहोस्