राजनीति

विदेश जान नपाएकालाई सरकारले भन्यो, प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनुस्



काठमाडौँ, ६ चैत । सरकारले वैदेशिक रोगजारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।

आज नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी आग्रह गरेका हुन् । उनले भने, ‘म सानो काम गर्दिन, टेबल वर्क मात्र गर्छु भनिदिनु भएन ।’

कोरोना भाइरसका कारण सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको छ । यसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरु रोकिएका छन् ।