Banner News

मन्त्री नेम्वाङको ऐतिहासिक कार्य : हरिसिद्धि–गोदावरी सडकका संरचनामा डोजर चल्यो



ललितपुर, ७ चैत । जहाँ समस्या, त्यहाँ समाधान भन्ने मान्यतालाई अंगाल्दै छोटो समयमा नै जनताको आशा र विश्वासको धरोहरको रुपमा स्थापीत हुन सफल हुनुभएका भौतिक, पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले उपत्यकाको चर्चित पर्यटकीय स्थल गोदावारी जानेबाटो हरिसिद्धि गोदावारी सडक खण्डमा महानगरीय प्रहरी प्रभाग हरिसिद्धीको भौतिक संरचनामा समेत डोजर चलाएर कामको सुरुवात भएको छ ।

सडक विस्तारको लागि बिहीबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नेता तथा ललितपुर ३ की सांसद फम्फा भूसाल तथा भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङको सचिवालयका सदस्यहरुले अनुगमन निरिक्षण गर्नु भएको थियो । योसँग अब उक्त सडक निर्माण हुने निश्चित भएको छ ।

मन्त्री नेम्वाङ भन्नुहुन्छ, ‘सक्नुहुन्न भने ठेक्का लिनु भएन, लिएपछि कुनै पनि हालतमा कार्य सम्पन्न हुनुपर्छ ।’ सोही अनुसार उपत्यकामा सडक विस्तारलाई तीव्र पारिएको छैन कि देशभरका सडकहरुले मुहार फेर्न थालेका छन्, रोकीएका कामहरु तिव्र गतिमा अघि बढेका छन् । मन्त्री नेम्बाङको निर्देशनमा उपत्यका सडक विस्तार आयोजना, उपत्यका विकास प्राधिकरण र सडक विभागले उपत्यकामा बर्षौदेखि विस्तार हुन नसकेको सडक विस्तारलाई तीव्रता दिइएको हो । हिजो मात्र मुआब्जा लिएर घर नभत्काई सडक विस्तारमा अवरोध भएको जोरपाटी साँखु सडक खण्डका घरहरुमा डोजर चलाइएको थियो ।