विश्व

भारतमा चार बलात्कारीलाई फाँसी दिइयो



काठमाडौँ, ७ चैत । भारतको निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई मृत्युदण्ड दिइएको छ ।

सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा आज बिहान साढे ५ बजे मृत्युदण्ड दिइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दोषीलाई फाँसी दिईएपछि निर्भयाकी आमाले यसलाई न्यायको विजय भएको प्रतिक्रिया दिएकी छिन् । सन् २०१२ मा सामूहिक बलात्कारपछि हत्या गरिएकी निर्भयाको परिवारले ७ वर्ष ३ महिना ८ दिनपछि न्याय पाएका छन् । जेलका अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भने, ‘चारै जनालाई एकैसाथ मृत्युदण्ड दिइयो ।

सन् २०१२ डिसेम्बर १६ को राती केन्द्रीय राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसभित्र २३ वर्षिया निर्भयामाथि उनीहरुसहित ६ जनाले सामुहिक बलात्कार गरेका थिए ।