काठमाडौँ, ९ चैत । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसले नेपाली जनतालाई सुरक्षित तथा छिमेकी मुलुकबाट भाइरस संक्रमण भएका व्यक्तिहरु प्रवेश गर्न नदिने उद्देश्यका साथ सरकारले भोलिदेखी एक सातासम्म भारत तथा चीनतर्पका सवै नाका बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो । सवै नाका बन्द भएता पनि अत्यावश्यक सामग्रीहरु भने यथावत रुपमा सञ्चालन हुनेछन् ।
यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए । केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् ।
भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगत्तै नेपालमा मन्त्रिपरिषद बैठकले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ ।










प्रतिक्रिया दिनुहोस्