Banner News

एमालेको नीति ठिक लाग्यो माओवादी छाडेँः राजकुमार



काठमाण्डौ,९ माघ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार कक्षपति एमाले प्रवेस गरेका छन् । एमालेको केन्द्रीय कार्यलय धुम्वाराहीमा भएको कार्यक्रममा नेकपा एमालका अध्क्षय केपी शर्मा ओलीले उनलाई एमालेमा एक भव्य समारोहबीच प्रवेस गराएका हुन् ।

एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले अब एमाले भन्न लाज मान्नु नपर्ने बताए । ‘पहिला माओवादी भन्दा तपाईँले लाज मान्नुपर्ने अवस्था थियो,’। माओवादीले राष्ट्रियहितका विषयमा नबोलेको र वाह्यहितलाई प्राथमिकता दिएका कारण तपाईलाई माओवादी भन्न आफैलाई पनि असजिलो लागेको थियो । अध्यक्षय ओलीले थपे ‘एमालेमा प्रवेश गर्नुभएको छ, साच्चो बोल्न एमालेमा लाज मान्नुपर्दैन ।’
उनले अब एमाले पहिलो होइन बहुमतसहितको पार्टी बन्ने दाबी गरे । ‘एक नम्बर पार्टी बन्ने एमालेले तीन वर्ष अघि भनेको हो,।’ अध्यक्षले थपे, ‘अब एमाले बहुमतसहितको पहिलो पार्टी बन्छ ।’

सो समारोहमा एमाले प्रवेश गरेका कक्षपतीले सरकारको नेतृत्व गरेको आफू आवद्ध दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले शान्त तलाउमा ढुंगा हानेपछि आफू त्यहाँ बस्न नसकेको वताए । ‘माओवादी नेतृत्वको सरकारले शान्त तलाउमा ढुंगा हान्ने काम गरेपछि मलाई त्यो पार्टी ठीक लागेन,’

संविधान सशोधनको नाममा उनीहरुले विदेसी डिजाइनमा तराईलाई पहाडबाट अल्गाउने प्रयास भएको छ । त्यो आफूलाई ठिक नलागेकोले पनि त्यो पार्टीमा बस्न मन नलागेको उनले भने गरे । म मात्रै होइन,धेरै भन्दा धेरै साथीहरु माओवादी पार्टी छोडने सोचमा छन् । विस्तारै उनीहरुले पनि माओवादी पार्टी छाड्ने दाबी गर्दै उनले भने, ‘प्रदेश नम्बर पाँच पहाडबाट अलग गर्ने सरकारको प्रस्ताव शान्त तलाउमा ढुंगा हान्ने प्रयास हो ।

त्यसकारण मलाई राष्ट्रियताको पक्षमा उभिएको एमालेको नीति ठिक लाग्यो माओवादी छाडेँ ।’ उनले माओवादीले चार हजार सदस्यीय कमिटी बनाएर विघटनको संघारमा पुगेको पनि दाबी गरे । राष्ट्र नरहे कोही पनि रहदैन, राष्ट्रियताको सबालमा र जनजिविकाको सवालमा एमाले दरोढगबाट उँभिदै आएकाले आफूँ एमालेमा प्रवेश गरेको उनले वताए ।