राजनीति

भ्रम र दुस्प्रचारको खेती गरेर आत्मरतिमा रमाउँदै विनाशको धुप बाल्दैछन् : नेता रावल



काठमाडौँ, १२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वरक्षामन्त्री डा. भिम रावलले विभिन्न अनावश्यक कुराहरुमा भ्रम र दुस्प्रचारको खेती गरेर आत्मरितमा रमाउँदै विनाशको धुप बाल्दैगरेकासँग सजक र सर्तक भई अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै आफ्नो कुनै पनि सल्लाहकार नरहेको उल्लेख गर्दै सल्लाहकारहरुको हल्ला नियोजित भएको बताउनुभएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरका विरुद्धमा नेपाल जुधिरहेको र त्यसलाई परास्त गर्न आम नागरिक एक जुट भई अघि बढ्नु आवश्यकता रहेको औंल्याउँदै अनावश्यक कुराहरुको पछि नलाग्न समेत सचेत गराउनुभएको छ ।