काठमाडौँ, १७ चैत । विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ । आवश्यक भन्दा बढी मात्रामा ग्यासमा उपभोक्ताको भीड भएपछि कम्पनीलाई बिक्री वितरण गर्न गाह्रो भएको छ ।
बिक्री वितरणलाई सहज गर्न नेपाल आयल निगमको निर्देशन अनुसार उद्योगीले आधा सिलिण्डर ग्यास बेच्न थालेको छ। उपभोक्ताको माग धेरै भएपछि क्षेत्रगत आधारमा ग्यास बिक्री वितरण सुरू गरेको नेपाल ग्यसाको सहायक बजार प्रबन्धक बुद्धि गम्भीर पण्डितले बताए ।
उनका अनुसार आइतबारबाट क्षेत्रगत आधारमा ग्यास बिक्री गर्न थालिएको छ । आजबाट अनामनगर स्टोर, बालाजु बिएमसी कर्नर, बालाजू बिआइडी गेट, चामुण्डा किराना स्टोर जोरपाटी, चन्द्र विनायक ग्यास स्टोर चाबहिल, आरके स्टोर ढोलाहिटी, गनपति ट्रेडर्स कुमारीगाल, हरिकृष्ण ग्यास सप्लार्यस शान्तिनगर, नेपाल ग्यास सप्लायर्स जोरपाटी, आके ग्यास स्टोर धुम्बराही, एसएन स्टोर सातदोबाटो, राई ग्यास सप्लायर्स फैका, एसएस इन्टरप्राइज र ग्रिन हिलसिटी मार्ट दक्षिण ढोकामा नेपाल ग्यास पाइन्छ ।
त्यस्तै, तारा ग्यास अधिकारी ग्यास भण्डार मैह्पी, न्यु अन्सु माच्छापोखरी र कञ्चन भेराइटिज ठूलो भर्याङमा पाइन्छ ।










प्रतिक्रिया दिनुहोस्