Banner News

कोरोना विशेष मन्त्रीपरिषद्को निर्णयहरु सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १७ चैत । सरकारले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी विशेष प्याकेज सहितका निर्यायहरु सार्वजनिक गरेको छ ।

अर्थमन्त्री, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले उक्त निर्णयहरु आइतवार साँझ सार्वजनिक गर्नुभएको हो ।

महत्त्वपूर्ण निर्णयहरु

१. निजि विद्यालय शुल्क छुट,
२. डेरावालसँग एक महिनाको घरभाडा नलिन घरबेटीलाई सरकारको आग्रह,
३. गरिब तथा विपन्न कोही भोकै बस्न नदिने,तीनै तहका सरकारले दैनिक ज्यालादारी र विपन्नको लगत संकलन अनुसार दैनिक जीविकोपार्जनको व्यवस्था भोलि विहानैदेखि गर्ने आवश्यक बजेट केन्द्रबाटै पठाइने,
४. कोभिड १९ रोकथाममा खटिने डाक्टर, नर्स, एम्बुलेन्स चालक र सुरक्षाकर्मीको २५ लाख बराबरको स्वास्थ्य बीमा गरिने,
५. नेपाल राष्ट्र बैंकले ऋणीहरुमा सहुलियत प्रदान गर्ने, बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिने,
६. कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि चैत २५ गतेराति १२ बजेसम्म लकडाउन कायमै राख्ने,
७. असंगठित तथा संगिठत दुवै क्षेत्रका मजदुरहरुको चैत महिनाको तलब तथा ज्याला नरोकन्न व्यापारिक प्रतिष्ठानहरुलाई निर्देशन,
८. विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने,
९. मदिरा आयातमा रोक,
१०. सुनको आयतमा कटौती,
११. महङ्गो गाडी आयतमा रोक,
१२. विद्युत महसुल र खाद्यान्नमा छुट,
१३. ईन्टरनेट शुल्क २५ % कम ।