सर्लाही, १८ चैत । बुहारी नाता पर्नेलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
दुप्चेश्वर गाउँपालिका–५ काम चोकबाट २७ वर्षीय सानुकान्छा तामाङलाई पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी विवादका कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ भने उक्त घटनाबारे थप अनुसन्धान भईरहेको छ ।










प्रतिक्रिया दिनुहोस्