तेजबहादुर ढकाल, काठमाडौँ
हामी अधिकांशले माल्थसको जनसंख्याको सिद्धान्त पढेका छौं । जसमा उनले जनसंख्या २, ४, ८, १६, ३२…. हुदै ज्यामितिय हिसाबले बढ्दछ भने खाद्यान्न २, ४, ६, ८… हुंदै अंक गणितीय हिसाबले बढ्दछ भन्ने तथ्य औलियाए । यसरी मानिसलाई चाहिने खाद्यान्न नपुगे पछि वा पृथ्वीको भारबहन क्षमता पूरा भएपछि अनिकाल, माहामारी र युद्ध अबसम्भावी हुन्छ र जनसंख्या घट्न जान्छ । मानिसले अप्राकृतिक गतिमा विकास गरि प्राकृतिक स्रोत र साधनको एकलौटी दोहन गरिरहेको छ जसलाई सामान्यिकरण नगरे मानव सभ्यतालाई नै चुनैति हुने तर्फ उनले सचेत गराउनु प्रयास गरेका छन् । तर उनको सिद्धान्तलाई धेरै अर्थशास्त्रीहरूले असफल बनाउने वा दवाउने गरिरहे । तर पनि उनको सिद्धान्त कहिल्यै मरेन । अमेरिकी अर्थशास्त्री हर्मन इ दलीले भनेजस्तै माल्थसलाई पटक पटक मार्नु र गाड्नु भनेको उनको सिद्धान्त संधै जिवित रहनु हो ।
यसै सन्दर्भमा माल्थसको सोही सिद्धान्तबाट प्रभावित भई चार्ल्स डार्वीनले ओरिजिन अफ स्पेसिसको सिद्धान्त प्रतिपादन गरे उनको फिटेस्ट फ़र द सर्भाइभलले अहिले एकदमै काम गरिरहेको छ । मानिसले प्रविधिको विकास गरी खाद्यान्नको उत्पादनमा फड्को मारेको छ । संयुक्त राष्ट्र संघको गठन पछि धेरै युद्धहरू टरेका पनि छन् । विश्व स्वास्थ संगठन पनि जनस्वास्थका क्षेत्रमा अहोरात्र खटेको छ । औसत आयु बढेको छ भने जनसंख्या बृद्धि दर घटेको छ ।
यति हुँदाहुँदै पनि कपिल १०० बर्षको अन्तरालमा मानव विकासलाई नै चुनौति दिने खालका माहामारीहरू हुने गरेका छन् । अहिलेको कोरोना पनि त्यसकै निरन्तरता देखिएको छ । यसले सन्सार भरिको मानिसहरूलाई घर भित्र लक डाऊन गरिदिएर पुन सोच्न बाध्य बनाएको छ । यो धर्ति सबै प्राणी र बनस्पतिको साझा सम्पत्ति हो तर मानिसको एकलौटी दोहनले बॉंकी प्राणी र बनस्पतिहरू लोपोन्मुख भएका छन् । मानिस चिसोलाई तातो बनाई दिन्छ । गर्मी भए चीसो वनाई दिन्छ । रातलाई नि दिन जस्तो झलमल्ल बनाई दिन्छ । अब त छुट्टै जुन पनि बनाउन लागि सक्यो । मानिस अति नै लोभी र पापी हुदै गएको छ । एड्स आयो आचरण सुधार्दैन । उल्टै औषधि खाएर अगाडि बढ्छ । मानिस न कानुन संग डराउछ न त भगवानसंग नै डराउछ । उल्टै कानुन हातमा लिएर अपराधको ढाकछोप गर्छ । यसलाई रोक्न र विकासको गति सिमित गरी प्रकृतिको गतिसंग सामन्जस्य गर्न स्वयं प्रकृतिले नै यो विपत्ति ल्याएको हो की भनी सोच्न बाध्य बनाएको छ । किनभने यो पृथ्वी जीवित ग्रह हुन् । हालसालै वोजोन तह समेत आफै मिलाएर हावाको गति परिवर्तन गरि वातावरणीय सफाई गरिरहेको प्रतिबेदन सार्वजनिक भएको छ ।
यसै सन्दर्भमा करिव १०० दिनको कोरोनाको हलचलले बाताबरण नै सुद्द भएको छ । आकाश खुलेको छ । नदी र समुन्द्र संग्लिएका छन् । युरोप तिर डल्फिनहरू नहरसम्म आउन थालेका छन् । राति जुनकिरी र दिउसो पुतलीहरू नाचिरहेका देखिन्छन् । चराचुरूंगीहरू फुरूंग भएर गाउन थालेका देखिन्छ । जनावरहरूको चहलपहल बढेको छ । यसले मानिसलाई भौतिकबादसंगै आध्यात्मबादलाई पनि सम्झिन बाध्य बनाएको छ ।
अन्त्यमा के सन्सार माल्थेसियन ट्र्यापमा फस्न लागेकै हो त । के अब नया युगको सुरूवात हुन लागे कै हो त । यदी हो भने पनि हामी समस्यालाई सामना गर्न र नयॉं युगलाई स्वागत गर्न तैयार रहनु पर्दछ । यसतर्फ अगाडि बढ्न सबैलाई प्रेरणा र शक्ति मिलोस भनि कामना गर्दछु ।
प्रतिक्रिया दिनुहोस्