समाचार

मानव अंग प्रत्यारोपण केन्द्रमा चरम लापरवाही



भक्तपुर, १९ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले मानविय संकट पैदा गरिरहेको साथै मुलुककै गम्भीर अवस्थामा पर्याइरहेको समयमा मानव अंग पत्यारोपण केन्द्रमा भने चरम लापरवाही रहेको पाइएको छ ।

कोरोनाको त्रासपूर्ण वर्तमान समयमा पहिलो पंतिमा रहेर जनताको स्वास्थ्य प्रति गंभिर वन्नुपर्ने अस्पतालले नै लापरवाही गरे पछि नेपालमा कोरोना संक्रमणले वर्तमान परिस्थिती भन्दा फरक मोड लिए कस्तो अवस्था सिर्जना होला ? नागरिकको स्वास्थ्यको जिम्मा कसले लिन्छ ? उपचारको जिम्मा कसले लिन्छ ? यस्ता यावत प्रश्न खडा गरिदिएको छ, प्रत्यारोपण केन्द्रले । अस्पतालको लापरवाहीसँगै जनताले बाच्न पाउने अधिकार खै ? भनि प्रश्न चिन्ह समेत खडा हुने देखिएको छ ।

कतिपय प्राभइभेट अस्पतालले नागरिकको स्वास्थ्यको सुरक्षाको निम्ती अहोरात्र खटेका घटना पनि यही भक्तपुर जिल्लामा नै रहेका छन् । जस्तै नागरिक कम्युनिटी टिचिङ अस्पताल रहेको छ । जहाँ नागरिकको स्वास्थ्यको मात्र हैन, अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीको पनि समान व्यवहार र क्रियाशिलता रहेको छ ।

तर यसको ठिक उल्टो रहयो प्रत्यारोपण केन्द्र । कोरोनाबाट संक्रमण हुने डरले अस्पतालका नेतृत्व पंति नै कार्यलय उपस्थित नहुने गरेको पाइएको छ । नेतृत्व पंति घरमा नै बस्ने र तल्लो स्तरका कर्मचारीलाई फोनका भरमा यो गर र त्यो गर भनि निर्देशन दिने गरेको दुःखद् समस्या रहेको पाइएको छ । जिम्मेवार अस्पतालले कसैलाई काखा त कसैलाई पाखा गर्न पाइन्छ र ? तल्लो स्तरका डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुमात्र संकटको घडिमा जनताको स्वास्थ्यको जिम्मा लिएर बस्नुपर्ने हो ? यो गम्भीर प्रश्न रहेको छ । सम्बन्धीत निकायले विशेष ध्यान दिन जरुरी रहेको छ ।

जनताको गुनासो आए पछि उक्त अस्पतालमा हामीले बुझ्ने प्रयास गर्यौं । जहाँ हामी पुग्दा अस्पतालका निर्देशक पुकार चन्द्र श्रेष्ठ, मेट्रोन कोपीला दाहाल, प्रशासन हेर्ने शाखा प्रमुख हरिहर पोखरेल लगायतका नेतृत्व पंतिको उपस्थिती थिएन । यति मात्र हैन, अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीको हाजिरी पुस्तीका हेर्ने प्रयास गर्दा शाखा प्रमुख नै उपस्थित नभएका कारण को–को कहिले कहिले हाजिर भए ? कहिले कहिले भएनन् ? भन्ने समेत हेर्न पाइएन । यसै क्रममा भर्खरै नियुक्त हुनु भएका इन्चार्ज सरु कोजु भने उपस्थित हुनुभएको थियो ।

जिम्मेवार व्यक्ति उपस्थित नहुने र फोनबाट तल्लो निकायका कर्मचारी तथा नर्सहरुलाई निर्देशन दिएर आफु चाँही सुरक्षित हुन खोज्ने र अरुलाई मात्र खटाउनु कहाँ सम्मको न्यायसंगत कार्य हो ? त्यती मात्र हैन । कोरोना संक्रमणको उच्चा जोखिममा रहेका डाक्टर तथा नर्सहरुलाई पीपीईको व्यवस्था समेत गरेको पाइएन । उपचारमा संलग्न व्यक्तीहरुले प्रयो गरेको देखियो मात्र नर्मल मास्क र ग्लोभ । उपचारमा संलग्न डाक्टर तथा नर्सहरुलाई अनिवार्य आवश्यकता पर्ने सामग्री समेत व्यवस्थापन गर्न नसक्नु कति सम्मको गैर जिम्मेवारीपन हो अस्पतालको ? यस्तो अस्पतालको व्यवहारबाट त्यहा काम गर्ने डाक्टर तथा नर्सहरु कोरोनाको जोखिमबाट कति सुरक्षित रहेका छन् ? भन्ने समेत प्रश्न चिन्ह खडा भएको छ ।

अस्पताले फिबर क्लिनिक सञ्चालनमा ल्याए पनि तोकिएका कर्मचारी भने क्लिनीकमा बसेको पाइएन । त्यस्तै अस्पतालमा डायलासिस भने नियमित रुपमा भएको पाइएको छ । डायलासिस बाहेकका सेवा प्रवाहमा अत्याधिक समस्या रहेको पाइएको छ । त्यती मात्र हैन अस्पतालले काम गर्ने कर्मचारी, डाक्टर तथा नर्सहरुलाई प्रोत्साहन समेत नदिने गरेको गुनासो गरेका छन् ।