काठमाडौँ, १९ चैत । यूएईले मार्च १ भन्दापछि यूएईको आवासीय भिसा सकिएकालाई तीन महिना थपिदिने भएको छ ।
सोमबार यूएईको मन्त्रीपरिषदले मार्च १ पछि यूएईको आवासीय भिसा सकिनेलाई निःशुल्क तीन महिना अवधिको भिसा नवीकरण गर्ने निर्णय गरेको हो ।
स्थानीय सञ्चारमाध्यम गल्फ न्युज का अनुसार कोरोना भाइरसको कारण उत्पन्न परिस्थितीले भिसाको अवधि सकिएर पनि स्वदेश फर्कन नपाएकाको सुरक्षा र स्वास्थ्यका लागि यो निर्णय गरिएकोले हो ।
यस्तै, यूएई घुम्न गएका तर कोरोनाको जोखिमका कारण स्वदेश फर्कन नपाउनेले भिसा थप गर्न पाउने भएका छन् ।










प्रतिक्रिया दिनुहोस्