काठमाडौँ, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी छन् ।
अष्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहाललाई टेलिफोन गरेर राष्ट्रपति भण्डारीले त्यहाँ रहेका नेपालीको स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेकी हुन् ।
राष्ट्रपति भण्डारीले अस्ट्रेलियामा भएका सबै नेपालीलाई सुरक्षित रहन आग्रहसमेत गरेकी छन् । अस्ट्रेलियास्थित नेपाली सामाजिक सस्थाहरुको महासंघको एक तथ्यांकअनुसार नेपाली मूलका ९४ हजार ५ सय स्थायी बासिन्दा छन् भने २४ हजार ५ सय नेपाली पर्यटक विगत ८ महिनायता अस्ट्रेलियामा छन् । त्यस्तै ५७ हजार ७ सय नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन् ।










प्रतिक्रिया दिनुहोस्