राजनीति

जापान प्रवेशमा नेपाललाई रोक छैन : कुन कुन देशलाई रोक्यो ? (सूचीसहित)



काठमाडौँ, २० चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई न्युनिकरण, रोकथाम तथा नियन्त्रणको लागि जापानको कानुन मन्त्रालय अनुसार ७३ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाए पनि नेपाललाई भने रोक लगाएको छैन ।

कोरोना भाइरसको प्रकोप तीब्र गतिमा फैलन थालेपछि जापानले अप्रिल ३ बाट लागु हुने गरी बाहिरि मुलुकबाट जापान प्रवेश गर्नेहरुलाई प्रवेश अनुमति नदिने निर्णय गरेको छ । जसमा एसियाका इन्डोनेशिया, सिंगापुर, थाइल्याण्ड, कोरिया, ताइवान, चीन (हङकंग र मकाउ सहित), फिलिपिन्स, ब्रुनेई, भियतनाम, मलेशिया लगायत रहेका छन् । त्यस्तै अस्ट्रेलिया, अमेरिका, क्यानाडा, इन्डोनेसिया लगायत र युरोपियन देशहरुबाट पनि जापान प्रवेशमा रोक लगाइएको छ ।

आवागमनमा रोक लगाउने देशहरुको सूचीमा नेपाल, भारत, पाकिस्तान, भुटान लगायतका देशहरु भने समेटिएका छैनन् । यसअघि आवागमनमा रोक लगाइएका २६ देशमा बसोबास गरेका या ती देश हुँदै यात्रा गरेका कोही पनि जापान प्रवेश गर्न पाउने छैनन् ।