एजेन्सी, २० चैत । अमेरिकामा कोरोनाभाइरसका कारण डेढ महिनाको बच्चाको मृत्यु भएको छ ।
यसको जानकारी कनेक्टिकटका गभर्नर नेड लमेन्टले बुधबार ट्वीटरमार्फत् जानकारी दिए । नवजात शिशुलाई गत हप्ता अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राती गरिएको परीक्षणमा बच्चामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
गभर्नर नेड लमन्टले भने, ‘यो पीडादायी छ । कोरोनाभाइरसका कारण ज्यान गुमाउनेमा यो बच्चा नै सबैभन्दा कान्छो भएको हामीलाई लाग्छ । यो एउटा यस्तो भाइरस हो जसले सबैको जीवनमा हमला गर्छ । यसले हामीलाई घरमा तनावपूर्ण रहन बाध्य गर्छ तर हामी एकअर्कासँग कति दुरी स्थापित गर्छौं, यो यसैमा निर्भर छ ।’










प्रतिक्रिया दिनुहोस्