भक्तपुर, २१ चैत्र । ब्लड डोनर्स एसोसियन नेपाल, भक्तपुर शाखा, भक्तपुर चेम्बर अफ कमर्श र लायन्स क्लब अफ भक्तपुरको संयुक्त आयोजनामा भक्तपुर नगरपालिका व्यासीमा २२ पिण्ट र चाँगुनारायण नगरपालिका झौखेलमा२४ पिण्ट आकस्मिक रक्तदान कार्यक्रम भएको छ ।
ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) केन्द्रीय अध्यक्ष सानु बाबु प्रजापतिले विश्वव्यापिरूपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड १९० का कारण खुल्लारूपमा रक्तदान कार्यक्रम संचालन गर्न नमिल्ने भएको कारण उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई भैरहेको कठिनाइलाई ध्यानमा राखी गत २०७६ चैत्र १४ गतेबाट आकस्मिक रक्तदान कार्यक्रम भक्तपुर, ललितपुर र काठमाडौँको विभिन्न स्थानमा भएको हो।त्यस्तै आज भक्तपुरको व्यासी र झौखेलमा आकस्मिक रक्तदान कार्यक्रम भएको बताए ।

साथै रक्तदान गर्न योग्य महानुभावहरूले ब्लोदानका अनिलरत्न तुलाधर, काठमाडौँ ज्ञानुराजा महर्जन, कीर्तिपुर ,रूकेश रन्जित, भक्तपुरका व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
त्यस्तै ब्लोदान केन्द्रीय सदस्य नारायण बहादुर बासुकलाले कोरोना भाइरसका कारण कम्तिमा ३ हप्ता अगाडि विदेशबाट आउनु भएका महानुभावहरूले रक्तदान नगर्नुहुन पनि अनुरोध गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्