समाचार

उपत्यकासहित देशभर ग्यास वितरण हुँदै (सम्पर्क नम्बरसहित)



काठमाडौँ, २१ चैत । ग्याँस उद्योगहरुले आज शुक्रबार पनि काठमाडौँ उपत्यकासहित देशैभर ग्याँस वितरण गर्दैछन् ।

नेपाल आयल निगमकाअनुसार काठमाडौँ उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत दुई हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दैछ ।

यस्तै, नेपाल ग्याँस कम्पनीअन्तर्गतको नारायणीबाट चार हजार एकसय ४१ सिलिण्डर ग्याँस देशभर वितरण हुँदैछ । सोही कम्पनीको नेपाल ग्याँस पनि उपत्यकाका ६३ डिपोमार्फत् छ हजार चार सय ८० सिलिण्डर वितरण हुँदैछ ।

सम्पर्क नम्बरहरु

हटलाइन : ११४६
टोलफ्री : १६६००११००२८

अन्य नम्बरहरु

९८५१२७३४७९
९८५१२७३४३१
९८५१२७३२६९

शुक्रबार ग्याँस वितरण हुने डिपो र सम्पर्क नम्बरहरु

Loading