समाचार

खरिपाटीमा रहेका ९४ जनाको कोभिड–१९ परीक्षण ‘नेगेटिभ’



काठमाडौँ, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १५२९ जनाको कोभिड–१९ परीक्षण भएको जानकारी दिएको छ । यसमध्ये ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १ जना निको भएर घर फर्किसकेका छन् ।

आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको जानकारी दिए ।

त्यस्तै हाल काठमाडौँमा १२ तथा काठमाडौँबाहिर १०२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । डा. देवकोटाका अनुसार उपत्यकाबाहिर ७ स्थानमा कोभिड–१९ को परीक्षण सुरु भएको छ । चितवन, धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षणहरु भइरहेका छन् ।