विश्व

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना



एजेन्सी, २४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो ।

त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् । विभिन्न सावधानी अपनाउँदासमेत कोरोनाभाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ ।