काठमाडौँ, २४ चैत । गृह मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी (cobuddy) नामक एप्स प्रयोगमा ल्याएको छ ।
क्वारेन्टाइनबाट मानिस भाग्नेलगायतका समस्या देखिरहेका बेला एप्स ल्याइएको हो । यसले क्वारेन्टाइनमा बस्ने सबैको निगरानी गर्नेछ ।आजदेखि काठमाडौँ, भक्तपुरमा, बाग्लुङ्, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग गरिँदैछ । एप्स प्रयोगमा आएपछि मानिस क्वारेन्टाइनबाट निस्कनेबित्तिकै सम्बन्धित कार्यालयमा सूचना प्राप्त हुने भएकाले तत्कालै एक्सनमा जान सकिने छ ।
एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि प्रवेशको अनुमति मिल्नेछ । मास क्वारेन्टाइनमा उक्त एप्स प्रयोग गर्दा अझै प्रभावकारी हुनेछ ।










प्रतिक्रिया दिनुहोस्