पाँचथर, २५ चैत । जिल्ला अस्पताल पाँचथरको आईसोलेशनमा उपचार गराइरहेका ६ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
कोरोना भाइरस (काेभिड १९) जस्तै लक्षण देखिएपछि उनीहरुको नमुना परीक्षणको लागि धरानमा रहेकाे वीपी काेइराला मेमोरियल अस्पतालको प्रयोगशालमा पठाइएको थियो । परीक्षणबाट उनीहरूमा कोरोना भाइरस नभएको पुष्टि भएको हो ।
६ जनाको रिपोर्ट नेगेटिभ आएपछि होम क्वरेण्टीनमा बस्ने गरी डिस्चार्ज गरिएको पाँचथर अस्पतालका डा. विशाल नेपालीले जानकारी दिएका छन । उनीहरुअनुसार ती ६ जनानै विदशेबाट आएका हुन् ।










प्रतिक्रिया दिनुहोस्