समाचार

श्रीमानले हानेको गोली लागेर श्रीमतीको मृत्यु



कैलाली, २७ चैत । बाजुरामा आफ्नै श्रीमानले हानेको बन्दुकको गोली लागेर श्रीमतीको मृत्यु भएको छ ।

गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकायाको उनकै श्रीमान ४० वर्षका गोरख रोकायाले भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

रोकायालाई प्रहरीले एक थान बरुवा बन्दुकसहित पक्राउ गरिसकेको छ । हत्या गरिएको अवस्थामा शव फेला पारेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई खबर गरेका थिए ।