गुल्मी, २९ चैत । गुल्मीमा आफ्नै बुबालाई ढुंगाले हानी हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।
शुक्रबार ईस्मा गाउँपालिका–२ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई आफ्नै छोरा २५ वर्षीय अर्जुन कुमालले ढुंगाले हानी हत्या गरेको अभियोगमा कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
अर्जुनले आफ्नै बुबालाई ढुंगाले हानी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी हस्तीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्