एजेन्सी, २९ चैत । इटालीमा लकडाउनको समय मे ३ सम्मका लागि लम्ब्याइएको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी नरोकिएको कारण थप २१ दिन बढाएर मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको हो ।
बीबीसीका अनुसार इटालीमा लकडाउनले संक्रमित र मृत्यु हुनेको संख्यामा पनि असर देखिन थालेको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार इटालीमा पछिल्लो २४ घण्टामा पाँच सय ७० जना मानिसको भाइरसको कारण मृत्यु भएको थियो ।
इटाली विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म यो मुलुकमा १८ हजार आठ सय ४९ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्