राजनीति

सुदूरपश्चिम प्रदेशका सांसदद्वारा कोरोना कोषमा सहयोग



कैलाली, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका सांसदहरूले प्रदेश सरकारले खोलेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा १५ दिनको पारिश्रमिक जम्मा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसदहरूले ८ लाख ४९ हजार ७५० रुपैयाँ जम्मा गरेको नेकपा सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक तारा लामाले जानकारी दिए । कांग्रेस सांसदहरूले २ लाख ८३ हजार ५ सय र राजपाका सांसदहरूको ५६ हजार ५ सय रुपैयाँ जम्मा गरेका हुन् ।