विचार/ब्लग

कोरोना भाइरस महामारीका आगामी चुनौतिहरु



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएको सयदिन पुराभएको छ । चिनको बुआन शहरबाट शुरुभएको यो संक्रमणले युरोप र अमेरिकालाई नराम्ररी नै प्रभावित पारेको छ । संक्रमणको दर अमेरिकामा सबैभन्दा बढी रहेको छ । यो लेख तैयार गरिरहँदा कोरोना भाइरसको कारण विश्वभर एकलाख भन्दा बढिको मृत्यु भइसकेको छ भने संक्रमणको संख्या १६ लाख भन्दा बढिभएको छ ।

भारतमा समेत संक्रमणको दरनिकैनै फैलिदै गएको देखिन्छ । हाम्रोमा कोरोना भाइरस बिरुद्ध लडन नेपाल सरकारले गरेको लकडाउन पूर्णरुपमा सफलतातर्फ उन्मुख छ । यो सामाजिक दुरिलाई कायम राख्न सके पक्कैपनि भाइरस समुदायमा फैलिने छैन ।

यो प्रयोग चाइनाको बुआन र दक्षिण कोरियामा भाइरस संक्रमणलाई रोक्न सफल भएकोछ । संक्रमणलाई फैलिननदिने विश्वका प्रयासहरु मध्ये चिन र दक्षिण कोरियाको प्रयोगलाई हामीले फलो गर्नै पर्छ । डब्लु एच ओ ले समेत उक्त प्रयासको सरहना गरेको छ । त्यो भनेको संक्रमणको दायरालाई बढाउनु नै पर्दछ साथै र कन्टर्याक टेर्सीगलाई ब्यापक बनाउनु पर्छ ।

हाल नेपालमा देखिएको नौ जनाको संक्रमणबाट यो एकहप्ता अन्यसंक्रमित ब्यत्ती देखिएको छैन । यो हाम्रो लागी अत्यन्तै सुखद समाचार हो । सरकारले पनि संक्रमित ब्यत्तीहरुको क्षेत्रलाई आधारमानेर कैलाली कंचनपुर र बाग्लुंगमा ब्यापकरुपमा र्यापिड टेस्टींगलाई अगाडी बडाइरहेको छ ।

साच्चै नै मानवजातीको विकास संगसँगै प्रकृतिसँग मानवजातीको सम्बन्ध हजारौ हजार वर्षसम्म आश्रृत नै रह्यो । फिरन्ते मानवहरु प्रकृतिसँग रमाउँदै विश्वभरि एकठाउँबाट अर्कोठाउँ हँुदै विचरण गरे । विकासको क्रमसँगै मानवजातीले विज्ञानको आविष्कार गरेर अत्याधुनिक चमत्कार गर्यो । कतिपय मामलामा प्रकृतिलाई आफ्नो अधिनमा राख्नु सफल पनि भयो ।

हालको एक्काइसौ सताब्दीमा त कम्प्युटर टेक्नोलोजि र इन्फरमेसन टेक्नोलोजिको विकासले त विश्वलाई इन्टरनेट मार्फत एउटै भुगोल र क्षेत्रमा बाध्यो । यसले मानवजीवन र जगतमा धेरै भन्दा धेरै खोज र आविस्कारहरु पनि भए तर भाइरस प्रजातिको कोभिड १९ कोरोना भाइरसको विश्वव्यापी महामारीलाई जित्न यो आधुनिक समाजको स्वस्थ्य प्रणली असफल प्रायः देखियो । किनभने कोरोना भाइरस संक्रमण फैलिएको यो १०० दिनमा संसारभरका एकलाख भन्दा बडि ब्यत्तीको ज्यान गइसकेको छ । १७ लाख भन्दा बडि ब्यत्तीहरु संक्रमण भएर जीवन र मृत्युसँग जुधिरहेका छन ।

एक ब्यत्तीबाट अर्को ब्यत्तीको सम्सर्गबाट सर्ने यो भाइरसले गर्दा विश्वभरनै मानव मानवबीचको दुरिलाई टाडा बनाएको छ । संसारभरि २०० भन्दा बढि देशमा लकडाउनको कारण अरबौ जनसंख्या घरमै बस्न बाध्य भएका छन । विश्वमानव जगत कोलाहलबाट शान्त भएको छ ।

तर यसले गर्दा संसारमै गम्भीररुपमा आर्थीक संकट र यसले निम्त्याउने सामाजिक दुराबस्थाको असरको कारण ठूलो मात्रामा गरिवी र भोकमरीको समस्या उब्जीने प्रष्टै देखिन्छ । संयुक्त राष्ट्र संघले जनाए अनुसार कोरोना भाइरस महामारीको कारण विश्वभर ५० करोड मानिसहरु गरिविमा धकेलिने र लाखौ लाख ब्यक्तीहरु बेरोजार बन्ने निश्चित आंकलन गरेको छ ।

कोरोना भाइरस माहामारीको असर नेपालमा पनि आर्थिक क्षेत्र गम्भीर रुपमा असर पर्ने देखिन्छ । नेपालको प्रमुख आर्थिक स्रोत पर्यटन कृषी र रेमिटयान्स भएको हुँदा यो क्षेत्र नै हाल घरायसी बनिसकेको छ । जसले गर्दा विदेशी मुद्रा आर्जनमा गम्भीर धक्का दिने छ । लाखौ नेपाली युवाहरु खाडिमुलुकहरु, दक्षिण कोरिया, जापान, युरोप अष्ट्रलिया र अमेरिकामा समेत कार्यरत छन । यो महामारीको कारण सबै देशहरुमा रहेका श्रमजिबी नेपालीहरु आफनै कोठामा लकडाउनमा छन । उनिहरुले खानपानको समस्या समेत ब्यहोरि रहेका छन भने नेपालमा रेमिटयान्स पठाउने सबालै भएन जसको कारण यहा गम्भीर आर्थीक संकट पक्कानै देखिन्छ ।

त्यस्तै पर्यटन ब्यवसाय नराम्ररि प्रभावित भइरहेको छ । यतिबेला त कृषकहरु आफनो उत्पादित सामानलाई बजारसम्म ल्याउन नपायर ठूलो घाटा ब्यहोरि रहेका छन । जसले गर्दा बैंकबाट लिएको ऋण र ब्याज तिर्न नसक्ने अवस्था सृजना भैरहेको छ ।

यतिबेला मुलुकमा कम्युनिष्ट पार्टीको करिब दुइतिहाइको सरकार छ । यो महामारी बेलामा जनताको जिउधनको सुरक्षागर्न सरकारलाई सबैको साथ र सहयोग चाहिन्छ । हालसम्म सरकारको कदमलाई जनसमुदायबाट सहयोग प्राप्त भएकोनै देखिन्छ । तर कुनैपनि राष्ट्रिय संकट वा महामारीसँग जुध्न सरकार वा पार्टी नेतृत्वको केहि थोरै ब्यक्तीको परिचालनले मात्र सम्भब हँुदैन । यसमा बृहत जनशक्ती परिचालन हुनुपर्दछ । यहाँ हाल परिचालनमा जे देखिएको छ, त्यो यर्थात परकछ जस्तो मलाई लाग्दैन । शुरुमा चाइनमा देखिएको कोरोना भाइरससँग जुध्न त्यहाँको पार्टी र सरकारको नेतृत्वले लाखौ पार्टी कार्यकर्ताहरुलाई कन्टर्याक टेर्सीग र लकडाउनको अनुशासनको पालना गराउन खटायो र लगायो । यो अनुभवलाई हामीले देख्यौ तर यहाँ हाम्रो नेतृत्व गुटमा रमाएको छ । दलालपुँजिपतिहरु संकटको बेलामा समेत कमिशनको जालो फिजायर नेतृत्वलाई प्रभावमा पार्ने काम गरेका छन ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा भएको घटनाले समेत प्रष्ट पारी सक्यो । के यसरीनै कम्युनिष्ट पार्टी अगाडी बडन सक्छ ? यो महामारिले त कार्यकर्तालाई बाध्य बनायो नै । किनकि आफनो परिवार र समुदायको जीवनको पनि सवाल रह्यो । तर पछिल्लो अवधि यसरी पक्कै पनि चल्दैन । हाम्रो विशेषताको समाजवाद निर्माण यसरी हुँदैन । समृद्ध नेपाल ः सुखी नेपालीको आशा गरौ कि नगरौं खै । सरकार र पार्टी नेतृत्वलाई चेतना भया । ।

नरेश्वर ज्ञवाली
काठमाडौँ ३१ बानेश्वर