काठमाडौँ, २ वैशाख । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिणी छिमेकी राष्ट्र भारतमा १९ दिन लकडाउन थपिएको छ ।
मंगलबार भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन थपिएको जानकारी गराउनुभयो । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार ९३ गते० सकिँदै छ ।
उहाँले भन्नुभयो, ‘देशवासीको तपस्या र त्यागका कारणा भारतमाकोरोनाका कारण हुने क्षतिलाई धेरै हदसम्म रोक्न सफल भएका छौं । सबैको सुझावलाई ध्यानमा राख्दै लकडाउनलाई मे ३ तारिखसम्म बढाउने निर्णय सरकारले लिएको छ ।’
पछिल्लो समय भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण ३५८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ४५३ जना संक्रमित भएका छन् । सोमबार मात्रै भारतमा २७ जनाको मृत्यु भएको छ भने १ हजार २४८ जना थप नयाँ संक्रमित फेला पेरका छन् ।










प्रतिक्रिया दिनुहोस्