काठमाडौँ, ३ वैशाख । बालाजुमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।
ग्यास डिपोबाट साइकलमा ग्यास लिएर जाने क्रममा काभ्रेको कोसीपारी घर भएका ५० वर्षीय विष्णुप्रसाद चौंलागाईलाई तार्केश्वर नगरपालिका ११ स्थित नेपाल टारमा बा २ ख ५१७७ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका चौंलागाईको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ ।
प्रहरीका अनुसार मृतक चौलागाईं नेपालटारमा रहेको युरिका स्कुलका सुरक्षागार्ड हुन् । लकडाउनका कारण स्कुल विदा भएकाले उनले ग्यास डिपोबाट घर घरमा ग्यास पुर्याउने काम गर्दै आइरहेका थिए । ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
।










प्रतिक्रिया दिनुहोस्