काठमाडौँ, ३ वैशाख । नेपालमा स्थाननीय वायु र पश्चिमी वायुको प्रभावले आज मौसम बदली भई पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित असिना तथा हावाहुरीसहित वर्षा हुने छ भने बाँकी क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना रहेको छ ।
आज देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज रातिपनि देशभर आंशिकदेखि सामान्य बदली रही केही सथानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्