राजनीति

सूर्यविनायकको सिपाडोलमा एमालेको चुनाबी चहलपहल



भक्तपुर,१९ चैत । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ ।

भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।

यसैक्रममा सूर्यविनायक नगरपालिकामा आगामी निर्वाचनलाई विशेष ध्यान दिई एमाले भक्तपुरले अभियानलाई तीव्र पार्दै आएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सूर्यविनायक नगरपालिकाको वडा नं ८ सिपाडोलमा एमालेले आन्तरिक सागठानिक गतिविधिलाई तीव्र पारेको छ ।

धर्मराज बस्नेतको संयोजकत्वमा ३७ सदस्यीय निर्वाचन केन्द्रित सगठन कमिटी गठन गरेको छ । उपाध्यक्षमा समर बहादुर लामा,सचिबमा आत्माराम थापा र
उप-सचिबमाबिश्वराम त्वयनाबासु रहेका छन ।

त्यसैगरी सदस्यहरुमा खड्ग कुमारी बजगाई ,माया लामिछाने,हरिशरण बस्नेत,रत्न प्रसाद छुका,बद्रि बहादुर भट्टराई, तारा बस्नेत,बिणा बस्नेत,रन्जना नेपाली,आगं छिरिगं शेर्पा रहेका छन ।

त्यसरी नै अन्य सदस्यहरुमा बिजु महत,बिश्वराम थापा,चन्नेश्वरी भलजु,सबिना भलजु,बिकास तामांग,आईते तामांग,ठुलोकान्छा तामांग,शंकर थापा, बिनय तामांग,मान बहादुर लामा,सानोभाई तसेजु,अबिनाश तामांग मनोज केसी,लब थापा,रेखा थापा,यादब थापा,चन्द्र बहादुरथापा,नगेन्द्र खड्का,मदनहरि बस्नेत,सिद्दिराम त्यात,सालिकराम थापा,रामचन्द्र थापा,निर्मला संजेल,बिरेन्द्र नेपाली,साथै १७ सदस्यीय सचिबालय गठन गरिएको छ ।