भक्तपुर, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण कोही अलपत्र परेमा सम्पर्क गर्न अपिल गर्दै अलपत्रलाई भोकै हुन नदिने उद्घोष गर्नुभएको छ ।
सरकारले कोरोनाको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनका कारण कोही समस्यामा भए गास तथा वासको व्यवस्थापन गर्ने समेत उहाँले बताउनुभएको छ । गास तथा वासको समस्याका कारण कतिपय श्रमिक वर्गका मानिसहरु काठमाडौँ उपत्यका छोडी हिडेर नै आफ्नो गन्तव्य तिर गइरहेको समयमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धीत प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा निश्चित गन्तव्यमा पुर्याउन निर्देशन समेत भइसकेको जानकारी गराउँदै उहाँले मानवीय पक्ष हेरेर आफ्ना क्षेत्रका वासिन्दालाई घर फर्काउने याजना बनाएर अघि बढ्न आग्रह समेत गर्नुभएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जाल फेस बुकमा आफ्नो धारणा राख्दै उक्त कुरामा जोड दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्रीको जन भावना अनुसारको निर्देशन आयो । अब प्रदेश र स्थानीय सरकारले मानबीय पक्ष हेरेर अफ्ना क्षेत्रका बासिन्दालाई घर फर्काउन योजना बनाएर लागौं । काठमाडौँ उपत्यका भित्र र भक्तपुर जिल्लामा कोहि अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला हामी भोकै पर्न दिने छैनौं ।’
सांसद बस्नेतको नेतृत्वमा भक्तपुरका स्थानीय तहसँगको समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा राहत तथा सडक मानवलाई खानाको व्वयस्थापन समेत भइरहेको छ । जसले गर्दा भक्तपुरका कोही पनि मानिसमा लकडाउनको समयमा खाना खान नपाएर भोकै वस्नु पर्ने अवस्थाको रहेको छैन ।










प्रतिक्रिया दिनुहोस्