काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित दोस्रो बिरामीको सफल उपचार भएको भन्दै उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई शुभकामना दिएका छन ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बिरामीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्बद्ध सबैलाई बधाइ तथा धन्यवाद दिएका हुन ।
कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।
746 people are talking about this











प्रतिक्रिया दिनुहोस्