राजनीति

काठमाडौंको ३१ वडा एमाले निर्वाचन परिचालन कमिटीमा भट्टराई



काठमाडौं,१९ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले काठमाडौंले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ ।

काठमाडौंका सबै नगरपालिका र वडाहरुमा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।यसैक्रममा महानगरपालिकाको ३१ वडामा एमालेको वडा कमिटीले आज वुहत बुद्धिजीवीहरुको भेला आयोजना ग¥यो ।

सो भेलामा एमालेका सचिव प्रदीप ज्ञवालीको उपस्थितिमा भएको थियो । भेलामा नेता ज्ञवालीले स्थानीय तहको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने भएकाले अविलम्ब चुनावको तयारमा लाग्न निर्देशन दिए ।

नेता ज्ञवालीले यो अभियानमा एमाले पहिलो शक्ति भएर नेपालको राजनीतिमा उदाउने भएकाले पनि सबैले निर्वाचनलाई केन्द्रमा राखेर लाग्नु पर्नेमा जोड्दिए ।

सो भेलाले जीवन भट्टराई संयोजक र जमुना खत्री सह–संयोजक रहेको १५० सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नारायण भण्डारीको अध्यक्षतामा भएको सो भेलामा एमाले केन्द्रीय सदस्य सावित्रा भूसाल र पूर्वउपमेयर विदूर मैनालीको पनि उपस्थिति रहेको थियो ।