काठमाडौं, १० माघ । प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमालेको बहुमत आउने दाबी गरेका छन् ।
एमले मुख्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा ओलीले उक्त दाबी गरेका हुन् ।
‘एमालेलाई पहिलो बनाउने भन्ने तीन बर्ष अघिको नारा हो । पहिलो त यसै पनि भइहाल्छ । अबको योजना सबै निर्वाचनमा बहुमत ल्याउने हो र बहुमत आउँछ’ ओलीले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले सरकार र केहि राजनीतिक पार्टी उल्टो बाटो हिँडेको आरोप लगाएको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्