काठमाडौँ, ९ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सबैलाई धैर्य गर्न अपिल गरेका छन ।
सरकारले सोमबार अध्यादेश ल्याएपछि दल विभाजनसम्बन्धी अध्यादेशको गहिराइ बुझ्न आग्रह गरेका हुन । उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘कमरेडहरु, संयमित बनौँ, धैर्य गरौँ । जनमत, जिम्मेवारी र परिस्थितीले हाम्रो एकतालाई अझ सिमेन्टेड गर्नु पर्नेछ’, ‘उचाल्ने, पछार्ने काममा नलागौँ, उत्तेजित नबनौँ । आजको निर्णय नेकपा लक्षित होइन ।’
मन्त्री भट्टराईले नेकपा अझै बलियो बन्ने दाबी गर्दै भनेका छन, ‘नेताहरुको परिपक्वता र कार्यकर्ताहरुको सचेतनताले नेकपा अझै बलियो बन्नेछ, सरकार सफल हुनेछ। पार्टी सफल हुनेछ। राष्ट्र, जनता र पार्टीको भबिस्य सुनौलो हुनेछ ।’










प्रतिक्रिया दिनुहोस्