राजनीति

समूहमा नमाज नपढ्न सरकारको अपील



काठमाडौँ, ९ वैशाख । सरकारले समूहमा पूजा र प्रार्थना नगर्न अपील गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार समूहमा नमाज नपढ्ने र भोज नगर्ने विषयमा मुस्लिम आयोगसँग समेत छलफल भएको थियो ।

मुस्लिम समुदायको सबभन्दा प्रमुख चाड रमजान अप्रिल २३ बाट सुरु हुँदैछ र यो एक महिना लामो हुन्छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घरमा नै बसेर नमाज पढ्न तथा आफ्नो धर्मअनुसारका पूजा गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।