काठमाडौँ, १० वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी विचार र आस्थाले टिकेको हुने उल्लेख गर्नुभएको छ ।
कम्युनिष्ट पार्टीको ७१औं स्थापना दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले पार्टी कुनै कानुनले टिक्ने नभई विचार र आस्थाले टिक्ने उल्लेख गर्नुभएको छ । उहाँले पार्टी स्थापना दिवशमा पार्टीलाई सवल, सुदृढ र एकतावद्ध बनाउने संकल्प गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले शुभकामनामा भन्नुभएको छ, ‘पार्टी विचार र आस्थामा टिकेको हुन्छ, कानुनमा होइन । पार्टी स्थापना दिवसमा पार्टीलाई सवल, सुदृढ र एकतावद्ध वनाउने संकल्प गरौं । शुभकामना ।’










प्रतिक्रिया दिनुहोस्