काठमाडौँ, १० वैशाख । सत्तारुढ दल नेकपाभित्रका पूर्व माओवादी धारका नेताहरूले पार्टीमा गम्भिर संकट देखा परेको भन्दै सुढृढ पार्टी एकताको पहल लिन अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । राजनीतिक अस्थिरतालाई स्वीकार गर्ने गरी पार्टी विभाजन गर्दा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत सदस्य संख्या पुर्याए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्य्विधि) सम्बन्धी ऐन संसोधन गर्ने अध्यादेश प्रधानमन्त्री केपी ओलीले पार्टी्भित्र छलफल नै नगराई ल्याएपछि नेकपाभित्र नेताहरूबीच कित्ताकाट र धुव्रिकरण बढेको छ ।
जसकाकारण सत्तासिन दल नेकपा विभाजनसम्म पुग्नसक्ने आशंका हुन थालेपछि दाहाललाई पार्टी नेताहरूले त्यस्तो आग्रह गरेका हुन् । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्ध मुलुक लकडाउनमा रहेको र आफू पक्षधर नेताहरूको संयुक्त छलफल चलाउँदा गुटबन्दीको आरोप लाग्ने देखिएपछि अध्यक्ष दाहालले आफू निकट नेताहरूसँग विकसित राजनीतिक घटनाक्रममा विषयमा अलग–अलग छलफल मंगलबार दिनभर जसो गरिरहे । आफ्नै निवास खुमलटारमा दाहालले मंगलबार स्थायी समिति सदस्यहरू देवेन्द्र पौडेल, देव गुरुङ, वर्षमान पुन, जर्नादन शर्मा, केन्द्रीय सदस्य ओनसरी घर्तीलगायतका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
दाहालसँग अलग–अलग भेट गरेको नेताहरूले प्रधानमन्त्री ओलीले चाल्ने आगामी कदमबाट सचेत र सजग रहँदै पार्टी एकतालाई सुढृढ गर्ने दिशामै अध्यक्ष दाहाललाई भूमिका खेल्न सुझाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्