एजेन्सी, १० बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ ।
वर्ल्डोमिटर्सका अनुसार मंगलबार अमेरिकामा कोरोनाबाट हालसम्मकै बढी २ हजार ८०२ को मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ३१६ पुगेको छ । अहिलेसम्ममा अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ८०५ पुगेको छ । जसमा मंगलबार एकैदिन २७ हजार ४६ संक्रमित थपिएका छन् । साथै, ८२ हजार ९२३ जना भने पूर्ण रूपमा निकाे समेत भइसकेका छन् ।
त्यहाँकाे सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १९ हजार ६९३ पुगेकाे छ । मंगलबार मात्र त्यहाँ ७६४ काे मृत्यु भएकाे छ भने ४ हजार ४६१ नयाँ संक्रमित फेला परेका छन् ।










प्रतिक्रिया दिनुहोस्