समाचार

जापानमा फेरि एक नेपालीमा कोरोना संक्रमण



जापान, १० वैशाख । जापानको राजधानी टोकियोमा बस्दै आएका थप १ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । टोकियो स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार टोकियो आसपासकै नेपाली रेस्टुरेन्टमा कार्यरत पुरुषमा कोरोनाको संक्रमण देखिएको हो ।

यस अघि सोहि रेस्टुरेन्टमा कार्यरत नेपालीलाई कोरोना संक्रमण भएको थियो । आज थपिएका सहित अन्य २ जना नेपाली कोरोनाको सक्रमितको टोकियोकै अस्पतालमा उपचार भैरहेको छ । आज एकजना कोरोना संक्रमित थपियसंगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ ।

जापानभर कोरोना संक्रमितको संख्या १३ हजारको हाराहारीमा पुगेको छ । पछिल्लो तथ्यांक अनुसार जापान भर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको सख्या २९६ पुगेको छ ।