राजनीति

राजपा र समाजवादी पार्टीबीच रातारात एकता



काठमाडौँ, ११ वैशाख । राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ ।

राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा नयाँ पार्टीको झण्डा हुने छ । यस्तै राजपाले प्रयोग गर्दै आएको चुनाब चिन्ह छाता नयाँ पार्टीको चुनाब चिन्ह हुने छ ।