समाचार

११ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला



कैलाली, ११ बैशाख । कैलालीमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

घोडाघोडी नगरपालिका-३ धुसरकी कविता रोकाया बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ  ।

वडाध्यक्ष कमल चौधरीले भने आमाले मोबाइल नदिएपछि बालिकाले आत्महत्या गरेको बुझिएको बताए । `बुवा लामो समयदेखि भारतमा थिए । आमा र छोरी मात्रै घरमा थिए´ उनले भने, ´हिजो साँझ मोबाइल मागेको र नदिएपछि झुन्डिएर आत्महत्या गरेको देखियो ।´

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।