बाँके, १२ बैशाख । बाँकेको बैजनाथपुरमा नालामा जमेको पानीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ ।
बिहीबार बैजनाथपुर-२ को पित्तमारीमा निर्माण भइरहेको क्षेत्रीय कारागार नजिकैको नालामा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउतको मृत्यु भएको कोहलपुरका डीएसपी कुलदिप चन्दले जानकारी दिए ।
तीनै जनाको शव नालाबाट निकाल्ने काम भइसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए ।










प्रतिक्रिया दिनुहोस्