काठमाडौँ, १३ वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईले खारिएको, अनुभवि तथा लोकतान्त्रीक नेतृत्वको विशेष विशेषता नै लचकता भएको बताउनुभएको छ ।
सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने ल्याइएको थियो । जसलाई आजको मन्त्रीपरिषद्को वैठकको सिफारिसमा राष्ट्रपतिद्वारा खारेज भएको विषयलाई इङ्गित गर्दै लोकतान्त्रीक प्रकृयाको मुख्य विशेषता नै लचकता भएको उल्लेख गर्नुभएको हो ।
आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै मन्त्री भट्टराईले भन्नुभएको छ, ‘खारिएको, अनुभबी र लोकतान्त्रीक विशेष विशेषता : लचकता ।’











प्रतिक्रिया दिनुहोस्